केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँग संवाद गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सभापति पदबाट राजीनामा दिने बताएको विषय बाहिर आयो । नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा थापाले पार्टी सभापतिबाट राजीनामा दिन चाहेको बताएको विषय बाहिर आएपश्चात् पक्ष–विपक्षमा बहस भइरहेको छ । २१ फागुनमा भएको निर्वाचनबाट कांग्रेस इतिहासकै कमजोर बन्न पुगेको छ । प्रत्यक्षमा १८ र समानुपातिकमा २० सहित ३८ सीट बोकेर कांग्रेस संसद्मा उपस्थित हुनेछ । तीन वर्षअघि खुलेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बह...