पुस्तक जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले गरेको पत्राचार अनुसार उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीलाई मन्त्रालयले उल्लेख गरेको छ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत् ध्यानाकर्षण गराएको थियो ।  उक्त घटनाको छानबिन तथा कारबाही गर्न ...