ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । बैंकले 'एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८' जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षि...