ट्रम्प-सी भेटवार्ता एक महिना सार्ने तयारी, इरान युद्धका कारण भ्रमण स्थगित गर्ने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय भेट करिब एक महिना पछि सार्ने योजना बनाएका छन् । उनले इरान युद्धका कारण आफू देशमै रहेर स्थिति सम्हाल्नुपर्ने भएकाले भ्रमण सार्ने तयारी गरिएको बताएका छन् । ट्रम्पले सोमबार ह्वाइटहाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण करिब एक महिना सार्न अनुरोध गरिएको बताए । उनका अनुसार युद्धको अवस्था व्यवस्थापन गर्न आफू उपलब्ध रहनु आवश्यक रहेको छ । हाल ट्रम्प र सीबीचको भेट मार्च ३१ देखि अप्रिल २ सम्म हुने तय गरिएको थियो । यो भेट उनीहरूबीच गत वर्ष अक्टोबरमा भएको प्रत्य...