जब अदालतको इजलासमै आक्रोशित बने एन्फाका पूर्वअध्यक्ष गणेश थापा

एक मुद्दाको सुनुवाइका क्रममा मंगलबार उच्च अदालत पाटन पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा इजलासमै आक्रोशित रूपमा प्रस्तुत भएका छन् । एन्फाका उपाध्यक्ष विराटजंग शाहीले आफू आबद्ध संस्था एन्फासँगै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट माथिको सुनुवाइ मंगलबारका लागि तोकिएको थियो । रिटको पेशी न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासमा परेको थियो । शाहीको वारेसका रूपमा थापा पनि इजलासमा उपस्थित भएका थिए । पहिले...