रविको मुद्दा फेरि पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ चैत ५ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा गएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा लगातार ३ दिन सुनुवाइपछि पनि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो । रिटमाथिको अर्को सुनुवाइ चैत ५ गते बिहीबार हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले लोकान्तरलाई जानकारी दिए । लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा...