बाँकेमा महिलाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सीताराम थारूलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । वादविवादको क्रममा सीतारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।