दैनिक ग्यास बिक्रीको विवरण पठाउन निगमको निर्देशन

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय, भलबारी रूपन्देहीले एलपी ग्यासको वितरण सहज बनाउन बिक्रेतालाई कारोबारको सम्पूर्ण विवरण दैनिक रूपमा बुझाउन निर्देशन दिएको छ ।​ बजारमा खाना पकाउने ग्यासको कृतिम अभाव देखिएपछि निगमले उद्योगबाट बिक्रेता हुँदै उपभोक्ताको घरसम्म गएको ग्यासको दैनिक विवरण कार्यालयलाई बुझाउन भनेको हो । कार्यालय प्रमुख शैलेन्द्र भुसालले मातहत रहेका जिल्लाका सबै ग्यास डिलरले उद्योगबाट प्राप्त गरेको र उपभोक्तालाई बिक्री गरेको सम्पूर्ण कारोबारको विवरण दैनिक रूपमा जिल्ला प्रशासन र निगमको प्रा...