महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा याङ्गो चालक पक्राउ

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उनी राइड सेयरिङ एप याङ्गोका चालक रहेको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७, चाबहिल घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने ४३ वर्षीय कुमार श्रेष्ठ रहेका छन् ।  श्रेष्ठले आफूलाई गालीगलौज गरि अपशब्द समेत प्रयोग गरेको भन्दै जिनिता कार्कीले  प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई यही चैत १ गते टेकुबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठ...