प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएकी थिइन् । जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला मंगलबार बेलुका बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै एमालेलाई धन्यवाद दिएकी हुन् । ‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वा...