बेमौसमी वर्षाले पश्चिम नवलपरासीमा गहुँबाली नष्ट

हालै भएको बेमौसमी वर्षा र हावाहुरीले पश्चिम नवलपरासीमा लगाइएको गहुँबाली नष्ट भएको छ । यही सोमबारको वर्षाले पनि नवलपरासीका गहुँबाली नष्ट भएको पाल्हीनन्दन गाउँपालिका–४ निवासी प्रमोद पटेलले बताएका छन् । किसान पटेलका अनुसार उनको मात्र दुई बिघा गहुँबाली नष्ट भएको छ । त्यस्तै उनको जस्तै यहाँका अरु किसानहरूको पनि गहुँबाली जमिनमा ढलेको छ । कात्तिकको दोस्रो सातापछि लगाइएको गहुँ एक महिनापछि भित्र्याउने बेला हुन्छ । वर्षाले तरकारी, मकै, उखु, आँप, लिच्चीजस्ता फललाई फाइदा तथा वायुप्रदूषण सफा गरे पनि गहुँबालीलाई भ...