प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि भने पुनः बदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार छिटपुटबाहेक प्रायजसो स्थानमा आजको जस्तै मौसम सफा भए पनि बिहीबारबाट भने क्रमशः बढ्ने देखिएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रि–मनसुनका समयमा कुनैबेला खुल्ने, फेरि प्रणाली विकास भएर बदली हुनेक्रम जारी रहने र बिहीबारबाट बदली थपिने बताएका छन् । शुक्रबार र श...