दाङमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गढवा गाउँपालिका–५ मा रा६प १७६९ नम्बरको मोटरसाइकल रा१त ३४२९ नम्बरको ट्याक्टरमा ठोक्किर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गढवा–५ का ४२ वर्षीय भानु रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।