दुवाकोटवासीलाई केएमसीले उपचारमा २५ प्रतिशत छुट दिने

काठमाडौँ मेडिकल कलेज (केएमसी)ले चाँगुनारायण नगरपालिको दुवाकोटका स्थानीयवासीलाई उपचार शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ ।       चाँगुनारायण नगरपालिका–१ र २ को क्षेत्रभित्र सञ्चालित अस्पतालले स्थानीय जनप्रतिनिधिको मागलाई ध्यान राख्दै स्थानीयवासीलाई सहज र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्न छुटको व्यवस्था गरेको हो ।       अस्पतालले दुवाकोटमा शैक्षिक कार्यक्रमतर्फ चिकित्सा, नर्सिङ, डेण्टललगायतको कोर्ष सञ्चालन गर्दै आइरहेको छ भने स्वास्थ्य सेवा पनि प्रवाह गरिरहेको छ ।  &nbs...