प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि (बिहीबार)देखि भने पुनः बदली बढ्ने छ । आज छिटपुटबाहेक प्राय: स्थानमा मौसम सफा रहने भए पनि भोलिबाट भने क्रमशः बढ्ने देखिएको महाशाखाले जनाएको छ । प्रि मनसुनका समयमा कुनैबेला खुल्ने र फेरि प्रणाली विकास भएर बदल...