इजरायली आक्रमणमा इरानका शीर्ष सुरक्षा प्रमुख र अर्धसैनिक कमाण्डर मारिए

इरानले देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको मृत्युको पुष्टि गरेको छ । बीबीसी फारसीका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनी, उनका छोरा, परिषद्का उप-सुरक्षा प्रमुख र उनका अंगरक्षक पनि मारिएको पुष्टि गरेको हो ।  यसअघि इजरायली रक्षामन्त्री इजरायल काट्जले सोमबारको आक्रमणमा लारिजानीको मृत्यु भएको दाबी गरेका थिए। लारिजानी गत शुक्रबार तेहरानमा भएको कुद्स डे मार्चमा देखिएका थिए। इजरायली मिडिया रिपोर्टहरूले अली लारिजानी र उनका छोरा एउटा अपार्टमेन्टमा र...