सर्वोच्चका दुईथरी आदेश, किशोरी साहको नाम कालोसूचीमा थियो कि थिएन ?
तीन दिनको फरकमा सर्वोच्च अदालतबाट दुईथरी आदेश जारी भयो । पहिलो आदेशमा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नरहेको भन्ने देखिन्छ भने दोस्रोमा उनको नाम कालोसूचीमा रहेको भन्ने विवरण छ । त्यसले कुन आदेश सही हो भन्ने अन्योल गराएको छ ।