काठमाडौँ महानगरपालिकाले खुलामञ्च र टुँडिखेल क्षेत्रलाई व्यवस्थित र हरियाली बनाउने उद्देश्यले टुँडिखेल (सैनिक मञ्चको दक्षिण भाग) को चउरमा घाँसे मैदान निर्माण गर्ने भएको छ। आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने भएकाले उक्त स्थानमा हुँदै आएका सम्पूर्ण सार्वजनिक कार्यक्रमहरू प्रभावित हुने भएका छन्। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत टुँडिखेल चउरमा घाँसे मैदान निर्माण गर्न लागिएको महानगरले जनाएको छ।...