अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

सरकारले कर्मचारीको सरुवा प्रणालीलाई पूर्णतः प्रविधिमैत्री बनाई कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ । कर्मचारी सरुवामा सधैँ आलोचना हुँदै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि कर्मचारी सरुवाको दिगो समाधान गर्न लागेको हो ।  नयाँ आउने सरकारले कर्मचारी सरुवामा अल्झन नपर्ने गरी कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छ ।