ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।