बहुराष्ट्रिय कम्पनीहरूको ट्रेडमार्क नक्कल गरेको आरोप लागेका ११ वटा स्वदेशी उद्योगलाई उद्योग विभागले जवाफका लागि सात दिने अल्टिमेटम दिएको छ। कोका-कोला, जुम, ह्युगो बोस, काठमाण्डू र टर्नर इन्टरटेनमेन्ट लगायतका विदेशी कम्पनीले आफ्नो ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर उत्पादन तथा व्यापार गरेको भन्दै दाबी विरोध गरेपछि विभागले ती नेपाली उद्योगहरूसँग स्पष्टीकरण माग गरेको हो। यसअघि विभागले उजुरी परेका उद्योगहरूको ठेगानामा लिखित जवाफ माग गर्दै पत्र पठाएको थियो। तर, हालसम्म कुनै प्रतिक्रिया नआएको र पत्र बुझेको म्याद ताम...