रास्वपा अभिमुखीकरण : योग-ध्यानसँगै दोस्रो दिनको कक्षा सुरु, रविको मन्तव्यसँगै समापन हुने

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनको सुरूवात योग–ध्यान कक्षासँगै सुरू भएको छ । ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु भएको थियो । आजको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने कार्यक्रम छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् । […]