राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधि सभा सदस्यको प्रशिक्षण आज पनि जारी रहनेछ । बिहान योग तथा ध्यानसहित शुरू भएको प्रशिक्षण आज पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै समापन हुनेछ । आजको सत्रमा योजना, बजेट निर्माण, सुशासन र राजनीतिक संस्कार विकासको प्रशिक्षण दिनइने छ । औपचारिक र अनौपचारक बेग्लाबेग्लै सत्रको शुरूआत बिहानको योग र ध्यानबाट शुरू भएको छ । औपचारिक सत्रलाई बिहान ९ बजेदेखिको समय निर्धाण गरिएको छ । बिहान पहिलो सत्रमा पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रि...