दुई महिनापछि सेनेगलबाटको उपाधि खोसियो, मोरक्को च्याम्पियन

अफ्रिकी फुटबलमा ठूलो नाटकीय परिवर्तन भएको छ । २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन)को फाइनलको नतिजा दुई महिनापछि परिवर्तन गरिएको हो । अपिल बोर्डको निर्णयपछि मोरोक्कोलाई च्याम्पियन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फाइनलमा जित हासिल गरे पनि नियम उल्लंघनका कारण सेनेगलले उपाधि गुमाएको हो । कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सिएएफ)ले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार फाइनलमा सेनेगलको १–० को जितलाई रद्द गरिएको छ । योसँगै मोरक्को ३–० ले विजयी भएको घोषणा गरिएको हो । यससँगै आयोजक मो...