सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत पालिकाको बजेटसहित नौ करोड २ लाखमा फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । चाँडै नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी रहेको उनले बताए ।