श्रम स्वीकृति आंशिक रूपमा खुलादेखि ट्रेडमार्क नक्कलको आरोपसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जाने नेपाली श्रमिकको रोकिएको श्रम स्वीकृति आंशिक रूपमा खुला गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदामा नेपाल आएका र पुनः रोजगारीमा फर्किन चाहने श्रमिकहरूका लागि साउदी अरेबिया, यूएई र कतारलगायत सातवटा देशको पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो । मन्त्रालयले मंगलबार यो निर्णय गरेको हो । मन्त्राल...