मध्यपूर्व युद्धको असर नेपालमा पनि परेको छ । इरान, इजरायल र अमेरिकाबीचको बढ्दो सैन्य तनावले पाली भान्सादेखि उद्योगसम्मलाई असर गरेको हो । युद्धको असरले बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक करिडोर र नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगहरू ‘सट डाउन’ हुने अवस्थामा पुगेका छन्। आवश्यक कच्चा पदार्थको अभावसँगै मूल्यमा ४० प्रतिशतसम्म वृद्धि भएको उद्योगीहरू बताउँछन् । बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले पहिलो चरणमा प्लास्टिकजन्य उद्योग अप्ठ्यारोमा परिसकेको बताए। ‘प्लास्टिकजन्य कच्...