एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चुनावी लहर वा ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएका छन् । बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले चुनावी परिणामबाट महत्वपूर्ण राजनीतिक शिक्षा लिनुपर्ने बताएका हुन् ।  पोखरेलले सन १९८४ मा भारतमा भएको आम निर्वाचनको उदाहरण दिँदै त्यसबेला देखिएको ‘राजीव लहर’लाई अहिले नेपालको चुनावमा देखिएको ‘बालेन लहर’सँग तुलना गरेका छन्।  उनका अनुसार उक्त निर्वाचनमा कांग्रेस–आईले दुईतिहाइभन्दा बढी सिट जित्दै ऐतिहासिक ...