पीएसजीसँग लज्जास्पद पराजय भोग्दै उपाधि होडबाट बाहिरियो चेल्सी

दुईपटकको च्याम्पियन चेल्सी यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । प्रि–क्वार्टरफाइनलको बुधबार बिहान सम्पन्न दोस्रो लेग खेलमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले चेल्सीलाई ३–० गोलले हराएको हो । जितसँगै फ्रान्सेली क्लब पीएसजी प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो । पीएसजी ८–२ कुल गोल भिन्नताका आधारमा अन्तिम आठमा प्रवेश गरेको हो । यसअघि खेलिएको पहिलो लेग खेलमा पीएसजीले चेल्सीलाई ५–२ गोलले पराजित गरेको थियो । स्टामफोर्ड ब्रिजमा खेलिएको दोस्रो लेग खेलमा प...