नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा दुई हजार २०० र चाँदी १८५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ कारोबार भएको थियो । गत सोमबार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ निर्धारण भए...