लागुऔषधसहित ७ जना पक्राउ

लागुऔषध खैरो हेरोइनसहित ७ जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हेरोइन बरामद भएको थियो । लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा सो घरबाट तीन जना पक्राउ परेका छन् । यसैगरी, भद्रपुर बसपार्कबाट चार जनालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो । थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।