रियल म्याड्रिडसँग स्तब्ध बन्दै च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर सिटी

एक दर्जनभन्दा बढी पटक उपाधि आफ्नो पोल्टामा पारिसकेको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै यूईएफए च्याम्पियन्स लिग फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । रियल म्याड्रिडले बुधबार बिहान सम्पन्न प्रि–क्वार्टरफाइनल खेलको दोस्रो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई २–१ गोलले हरायो । उक्त जितसँगै रियल म्याड्रिड ५–१ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुगेको हो । यसअघि खेलिएको प्रि–क्वार्टरफाइनलको पहिलो लेग खेलमा र...