भारतको दिल्लीस्थित पालममा एक घरमा आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन बालबालिका पनि छन् । पीटीआईका अनुसार बुधबार बिहान ७ बजेतिर आगलागी भएको हो । समाचार एजेन्सी एएनआईले आगलागीको जानकारी पाएपछि घटनास्थलमा ३० वटा दमकल पठाइएको जनाएको छ । समाचारअनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल थियो र माथिल्लो तल्लामा मानिसहरू बस्थे । यद्यपि, आगलागी हुँदा घरमा कति मानिसहरू थिए भन्ने यकिन भएको छैन ।