राष्ट्रिय महिला लिगमा संकटाको विजयी शुरूआत

शहीद स्मारक राष्ट्रिय महिला लिग फूटबल प्रतियोगिता बुधबारदेखि शुरू भएको छ । प्रतियोगिताको उद्‌घाटन खेलमा संकटा क्लब विजयी भएको छ । ललितपुरस्थित च्यासल फूटबल मैदानमा खेलाइएको उक्त खेलमा संकटा क्लबले न्यू रोड टिम (एनआरटी) माथि ४–० गोलको सजिलो जित हासिल गर्‍यो । त्यसअघि, अखिल नेपाल फूटबल संघ (एन्फा)का महासचिव किरण राईले प्रतियोगिताको उद्‌घाटन गरेका थिए । प्रतियोगितामा नौ वटा क्लबको सहभागिता रहेको छ । संकटा र एनआरटीका अतिरिक्त प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस...