सांसदहरूलाई रविले भने- नागरिकसँगको सम्पर्क बलियो बनाउनुस्, बोल्दा विचार गरेर बोल्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।​  रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको स्पष्ट गरे । 'सञ्चारमाध्यममा विचार गरेर बोल्नुस् । बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने समेत सोचे...