काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । महानगरले विक्रम संवत् २०७४ मङ्सिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम शुरू गरेको हो । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएका मध्ये ३१५ जनाको मृत्यु भएको छ । सात सय १३ जनालाई पारिवारिक पुनर्मिलन र ३३६ जनालाई सामुदायिक पुनर्मिलन गराइएको जनाउँदै उनले उद्धार गरिएका मध्ये अहिले आश्रमको संरक्षणमा २६८ जना रहेका बताए । महानगरले भौगोलिक क्षेत्रलाई सहय...