बूढीगंगाको मुसहर बस्तीमा आगलागी, ११ घर जलेर खरानी

मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा आगलागी हुँदा ११ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बुधबार दिउँसो अचानक शुरू भएको आगोले केही बेरमै सिंगो बस्तीलाई खरानी बनाएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार दिउँसो करिब २ बजेतिर सल्किएको आगो फुसको छाना र टाटीबेराले बनेका घरहरू भएका कारण तीव्र रूपमा फैलिएको थियो। आगलागी भइरहेका बेला घरभित्र रहेका ग्यासका सिलिन्डरहरू समेत विस्फोट भएका थिए । सिलिन्डर विस्फोट हुन थालेपछि आगो झन् भयावह बनेको र नियन्त्र...