मालेको बैठकका ७ बुँदे निर्णय सार्वजनिक

नेकपा (माले)ले स्थायी कमिटीको विस्तारित बैठकले गरेका ७ बुँदे निर्णय सार्वजनिक गरेको छ । बुधबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका प्रक्रिया र परिणामप्रति आशंका व्यक्त गर्दै नयाँ सरकारलाई जनताको हितमा काम गर्न आग्रह गरेको छ । साथै अन्तर्राष्ट्रिय गतिविधि, विशेषगरी अमेरिकी सैन्य भ्रमण र हिन्द–प्रशान्त रणनीतिप्रति सचेत रहनुपर्ने बताइएको छ । बैठकले मध्यपूर्वको युद्ध तत्काल रोक्न आह्वान गरेको छ भने चीनसँगको सम्बन्ध बिगार्ने गतिविधिको निन्दा गर्दै दोषीमाथि कारबाही माग गरेको छ । सुर्खेतकी १६...