पर्वतमा आर्थिक गणना कार्यालय स्थापना

पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । वैशाख २ देखि असार ७ सम्म सञ्चालन हुने गणनाका लागि कुश्माको बडागाउँस्थित साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय राखिएको हो । जिल्लामा १७ गणक र ३ सुपरीवेक्षक खटाइने भएका छन् । व्यवस्थापनका लागि पाँच जना कर्मचारी रहने जनाइएको छ । चैत मसान्तसम्म गणक नियुक्ति, तालिम र स्थानीय तहसँग समन्वय गरेर गणना सुरु गरिनेछ । गणनाका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गरिएको छ भने पालिका र वडास्तरमा पनि समिति बनाइनेछ । ‘समग्र अर्थतन्त्र मापनका ...