ढोकामै यात्रु राख्ने बसलाई ट्राफिक प्रहरीले कारबाही गर्न थाल्यो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनमाथि विशेष चेकजाँच गर्दै ढोकामै यात्रु राख्ने तथा जोखिमपूर्ण ढंगले सञ्चालन हुने माइक्रो बस र बसहरूलाई कारबाही गर्न थालेको छ । आज गरिएको अनुगमनका क्रममा यात्रुहरूको गुनासोका आधारमा लापरवाहीपूर्वक सवारी चलाउने, सवारी साधनको ढोकामा यात्रु राख्ने तथा आधा शरीर बाहिर निकालेर यात्रा गराउने सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्ता सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको छ । साथै सम्बन्धि...