इरानी सुरक्षा प्रमुख लारिजानीको मृत्यु पुष्टि

 इरानका राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलले मंगलबारै उनको मृत्यु भएको दाबी गरेपछि इरानले बुधबार औपचारिक रूपमा पुष्टि गरेको हो । इजरायलले आफ्नो हवाई आक्रमणमा लारिजानी मारिएको जनाएको थियो । तेहरानमा सोमबारदेखि मंगलबार बिहानसम्म भएको व्यापक आक्रमणमा उनको मृत्यु भएको बताइएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा लारिजानीले इस्लामिक क्रान्ति र देशका लागि लामो समय सेवा गरेको उल्लेख गर्दै ‘सम्मानपूर्वक शाहदत प्राप्त’ गरेको जनाइएको छ । ...