सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईलाई अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् । सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो । आज बिहान ८ः०० बजे अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएपछि सुत्केरी राईलाई अत्यधिक रक्तश्राव भएपछि ...