प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएकाले न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताएका छन्। उनले आज बाँकेका कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा धारणा व्यक्त गरे। प्रधानन्यायाधीश राउतले जेनजी आन्दोलनपछि जलेका मिसिलको व्यवस्थापन र न्याय क्षेत्रमा पुनःप्रेरणा प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको बताए । उनले सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार मिसिल कायम भएको जानकारी दिँद...