आजदेखि मौसममा थप बदली, केही ठाउँमा हावाहुरीसहित चट्याङ र असिनापानीको जोखिम

आजदेखि मौसम फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भागका केही स्थान, लुम्बिनी र गण्डकीका पहाडी र हिमाली भू–भागका केही स्थान तथा बागमती र कोशीका पहाडी र हिमाली भागका...