तिला गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा ठेक्का आह्वान

जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिए । उनले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताए । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता भई कतिपय योजनाको काम अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय योजनाको काम सम्पन्न भई मूल्याङ्कन गर्न मात्र बाँकी रहेको ...