इरानले मध्यपूर्वका विभिन्न तेल तथा ग्यास सुविधा केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिएलगत्तै आबुधाबीका महत्वपूर्ण ऊर्जा केन्द्रहरूमा मिसाइल हमला भएको छ। आबुधाबी मिडिया कार्यालयका अनुसार सहरका हबसान ग्यास केन्द्र र बाब तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएका मिसाइलहरूलाई सुरक्षा निकायले बीचमै रोकेका छन्। मिसाइल खसालिएपछि त्यसका अवशेषहरूले केही स्थानमा असर पुर्याएका छन्। अधिकारीहरूले हालसम्म कुनै मानवीय क्षति नभएको जनाएका छन्। तर, सुरक्षा सतर्कता अपनाउँदै ती ग्यास सुविधा केन्द्रहरूको सञ्चालन तत्कालका लागि स्थगन गरिएको ...