पेन्टागनद्वारा इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेटको माग, अमेरिकी राजनीतिमा हलचल

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानविरुद्धको युद्धका लागि २०० अर्ब डलर भन्दा बढीको बजेट स्वीकृत गर्न ह्वाइट हाउससँग माग गरेको छ।  एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै 'वासिङ्टन पोस्ट' ले यस्तो खुलासा गरेको हो। उक्त प्रतिवेदनका अनुसार यो प्रस्तावित बजेट ट्रम्प प्रशासनको हालसम्मको सैन्य अभियानको खर्चभन्दा निकै बढी हो। पेन्टागनले युद्धका क्रममा खपत भएका महत्वपूर्ण हतियारहरूको उत्पादनलाई तुरुन्तै बढाउने उद्देश्यले यो ठूलो रकमको माग गरेको बुझिएको छ। गत दुई साताको अवधिमा पेन्टागनले बजेटका विभिन्न प्रस्तावह...