बुटवलमा ‘मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघले चैत ६ र ७ दुई दिने प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता पुरुषतर्फ ५५ केजीदेखि ७० केजीमाथि गरी ६ समूहमा प्रतिस्पर्धा हुनेछ भने, महिलातर्फ खुला एथलेटिक्स फिजिक विधा रहेको छ । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले यो प्रतियोगिता काठमाडौं बाहिर सबै भन्द...