सातौं सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । विभिन्न २४ विद्यामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित अर्थ नेपाल प्रालिद्वारा आयोजित अवार्डका लागि मनोनयन घोषणा गरिएको हो । आयोजक संस्था अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्ति अनुसार जुरी र आयोजक समितिको निर्णयका आधारमा उत्कृष्ट पाँचको छनोट गरिएको जनाइएको छ । अवार्ड कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्याए...