नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएको भनी चर्चा भइरहेका बेला नेकपा (एमाले) का नेता सूर्य थापाले यसलाई राजनीतिक नाटकको संज्ञा दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले राजीनामाको चर्चा 'बचकनापनको मजाक' भएको बताएका हुन् । नेता थापाले राजीनामाको आधिकारिकतामाथि प्रश्न उठाउँदै भनेका छन् "राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत गायब छ। अझ यो स्टन्ट, फण्डा र मिलोमतो जस्तो मात्रै देखिन्छ।" ७८ वर्ष लाम...